लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र

बुटवल, रुपन्देही

नेपाल राज्यको पुनर्संरचना भई संघ, प्रदेश र स्थानय तह गर (तिन) तहको सरकार संचालन हुनु पुर्व नेपालका ५(पाँच) विकास क्षेत्रमा क्षेत्रीय वन तालिम केन्द्रहरु रहेका थिए। देशको समग्र वन क्षेत्रको अध्ययन अनुसन्धान गर्ने उद्देश्यका साथ केनद्रमा वन अनुसन्धान तथा सर्भेक्षण विभाग रहेको थियो। यस कार्यालयले देशका विभीन्न स्थानमा फिल्ड कार्यालय स्थापना गरी वन सम्वन्धी विषयमा अध्ययन तथा सर्भेक्षणका कार्यहरु संचालन गर्दै आईरहेको थियो।

नेपाल संघीय प्रणालीमा प्रवेश गरेसंगै वि. सं. २०७४ फाल्गुन ०३ गते लुम्बिनी प्रदेशको समग्र वन क्षेत्रको व्यवस्थापन गर्न वन तथा वातावरण मन्त्रालय (तत्कालन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय) को स्थापना भएको थियो। वन तथा वातावरण मन्त्रालय (तत्कालन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय) अन्तर्गत रहने गरी वि. सं. २०७५ भाद्र १ गते वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, बुटवलको स्थापना भएको हो

यस केन्द्रले मुख्यतया प्रदेश स्तरमा वन सम्वन्धी विभिन्न विषयमा अध्ययन तथा सर्भेक्षणका कार्यहरु र विभिन्न किसिमका तालिम गोष्ठीका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।